स्कर्टिङमा रहेको रात्रि बसमा बम ,प्रहार १२ यात्रु घाइते
###

हेटौडा, कार्तिक २९ - पुर्व पश्चिम राजमार्गको मकवानपुर वसामाडी गाविस-२ तिनताप्केमा बिहीवार राति पौने १० बजे  गुडिरहेको यात्रुवाहक बसमा अज्ञात समुहले प्रहार गरेको पेट्रोल बमवाट १२ जना यात्रु घाइते भएका छन  । बस जलेको छ ।
सृुरक्षाकर्मीको स्कर्टिङमा नारायाणघाटतर्फ गइरहेको बसमा राजमार्ग छेउबाट केही व्यक्तिहरुले  चालकमाथि पेट्रोल बम प्रहार गरेको हो । बम लागेपछि अनियन्त्रित भएर  बस सडक छेउमा गएर पल्टिएका थियो ।

कलैयाबाट काठमाण्डौंतर्फ गइरहेको अनमोल ट्राभल्सको ना ४ ख ९८३६ नम्वरको वस माथि पेट्रोल बम प्रहार भएको थियो । बम लागेर बसमा जल्दा चालक भोलाप्रसाद साह, सहचालक सुरेन्द्र चौधरी र यात्रु राकेश यादब गम्भिर घाइते भएका छन् ।  उनीहरुलाई उपचारका निम्ति भरतपुर लगिएको छ ।

अन्य घाइतेहरुमा सनत रेग्मी, उमा रेग्मी, धनवहादुर लामा, रामवहादुर लामा, उमेश पण्डित, राजा खान, मन्जु खनाल, मनोज राई, सिता लामा छन । उनीहरु मध्ये ३ जनाको  हेटौडा अस्पतालमा उपचार भइरहेको छ भने  ६ जनालाई उपचारका निम्ति बीरगन्ज लगिएको छ । सडक छेउको जंगलमा लुकेर वसेका २,३ जनाले वसको चालकलाई २ वटा पेट्रोल बम प्रहार गरेका बसका यात्रु दिपेन्द्र ठाकुरले भने, 'चालकलाई वम लागेपछि वस अनियन्त्रित भएर सडक छेउमा पल्टेको हो ।'
बस पल्टेपछि पछाडिको सिसाफुटेकाले  त्यही ठाउँबाट वाहिर निस्केर ज्यान वचाएको ठाकुरले भने । बसमा लागेको आगो हेटौडावाट गएको दमकलले नियन्त्रणमा लिएको थियो । यात्रुवाहक वसमा बम प्रहार गर्नेको खोजी गरिरहेको प्रहरी उपरिक्षक गणेशवहादुर ऐरले वताए । बन्दकर्ताले नै बसमा वम प्रहार गरेको हुन सक्ने उनले बताए ।


####

,

0 comments

Write Down Your Comment